नुवाकोटमा ओम हस्पिटलद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

नुवाकोटमा ओम हस्पिटलद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ ।

अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आम हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा संचालित शिविरमा बेलकोट गढी नगरपालिकाले समेत सहकार्य गरेको रहेको थियो ।

पूर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नर्सिङ केसीले उद्घाटन गरेर शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ओम अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा लगायतका विषयहरुमा २५ जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।

ओम हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहेको सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको थियो । साथै, थप उपचारका लागि काठमाडौं स्थित ओम हस्पिटलमा विशेष छुट दिने व्यवस्था गरेको छ ।

ओम हस्पिटल संचालक समितिका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठले ॐ अस्पतालको स्थापना कालदेखी नै आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे ।

एकदिवशिय शिविरमा चर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसुती, महिला सम्बन्धि क्यान्सर परिक्षण लगायतका विधामा आठसय भन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्