१६ योजना महत्वकांक्षी बन्दैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छन्ः उपाध्यक्ष डा. श्रेष्ठ « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

१६ योजना महत्वकांक्षी बन्दैन, पूरा हुने लक्ष्यमात्रै समेटिन्छन्ः उपाध्यक्ष डा. श्रेष्ठ



काठमाडौं । राष्ट्रिय योजना आयोगक उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजना महत्वाकांक्षी नभई यथार्थपरक बन्ने बताएका छन् । सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले सठाएको जिज्ञासाको जवाफ दिदै उपाध्यक्ष श्रेष्ठले हासिल हुने यथार्थपरक योजना बनाइने बताएका हुन् ।

उनले कोभिड महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले १५औँ योजनाको लक्ष्य पूरा हुन नसकेको बताए । १६ औँ योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने उनले बताए ।

चौधौ योजनाका धेरै लक्ष्यहरु पूरा भएको भन्दै उनले १६ योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने उनले बताए । योजनाको डकुमेन्ट्स पनि यसपटक भद्दा नहुने भन्दै भने, ‘हामी सबैले पढ्न मिल्ने सरल र सहज डकुमेन्ट्स बनाइनेछ ।’


प्रतिक्रिया दिनुहोस्