रत्न राज्यलक्ष्मी क्याम्पसमा लियो क्लबहरूद्वारा निःशुल्क आँखा परीक्षण शिविर संचालन हुने « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

रत्न राज्यलक्ष्मी क्याम्पसमा लियो क्लबहरूद्वारा निःशुल्क आँखा परीक्षण शिविर संचालन हुने



काठमाडौं । साउन १६ गते लियो क्लब अफ काठमाडौं आधार तथा लियो कलब अफ काठमाण्डौ सिम्रिक भेन्चरको आयोजनामा रत्न राज्य लक्ष्मी कलेजमा निःशुल्क आँखा जांच शिविर संचालन भइरहेको छ । संस्थाले रत्न राज्यलक्ष्मी क्याम्पसमा साउन १६ गते निःशुल्क आँखा जांच शिविर संचालन गर्ने लागेको लेयो क्लब अफ काठमाडौ आधारको अध्यक्ष गिता महर बताइन् ।

उक्त शिविर बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म संचालन हुनेछ । लियो डिस्टिक काउन्सिल ३२५ एल, नेपाल अन्तरगत लियो कलब अफ काठमाडौँ सिम्रिक भेन्चर र लियो कलब अफ काठमाडौँ आधार लिओ क्लबहरूले साझा हातमा लिएको यो विशेष समुदायिक पहल ( रत्न राज्यलक्ष्मी क्याम्पसमा निस्शुल्क आँखा परीक्षण कार्यक्रम संचालन गर्न जाँदैछ । लियोको कर्तब्यप्रति उत्तरदायित्व भएर अपठ्यारो परिस्थितिमा समेत सामाजिक सेवामा समर्पित हुने महरले बताइन् । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउन उक्त शिविर आयोजना गर्ने लागेको हो र कार्यक्रमको लागि एसजी आँखा अस्पताल साझेदार हुने लियो कलब अफ काठमाण्डौ सिम्रिक भेन्चरका अध्यक्ष लियो निशान्त पोख्रेलले बताएका छन् । यो कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरूले लाभ लिने अपेक्षा गरिएको छ।

कार्यक्रम विशेषताहरू
सम्पूर्ण आँखा परीक्षण
दृष्टिशक्ति परीक्षण
आँखा स्वास्थ्यमा मुल्यांकन
डाक्टर परामर्श
आँखा देखाइको लागि मार्गदर्शन


प्रतिक्रिया दिनुहोस्