प्रधानमन्त्री निवास नजिक निर्माण व्यवसायीहरुले डोजरसहित विरोध प्रदर्शन « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

प्रधानमन्त्री निवास नजिक निर्माण व्यवसायीहरुले डोजरसहित विरोध प्रदर्शन



काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक निर्माण व्यवसायीहरुले डोजरसहित विरोध प्रदर्शन गरेका छन् । बिहान निर्माण यन्त्रहरुसहित विरोध प्रदर्शन गरेका हुन् ।

निर्माण व्यवसायीहरु सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे मागसहित आन्दोलन गरी रहेका छन् । थामाग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताइरहेका छन् ।

जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गरलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्