नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने समझदारी « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने समझदारी



काठमाडौं । नबिल बैंकले ‘लक्की ग्रुप’ अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरूलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्