अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ « Arthapath.com
२१ श्रावण २०८०, आईतवार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ



काठमाडौं । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ परेका छन् ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित मलंगवा नगरपालिका १० बस्ने १८ वर्षीय किशोर समेत २ जना, करिब ५ किलो गाँजासहित २७ वर्षीय सरोज साह, खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका ५ बस्ने २९ वर्षीय दिपक राना, गोदावरी नगरपालिका २ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका २ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत ३ जना र चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका ३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका ९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्