सुन तस्करी प्रकरणः पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासत राख्न अनुमति « Arthapath.com
२२ श्रावण २०८०, सोमबार

सुन तस्करी प्रकरणः पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासत राख्न अनुमति



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा रहने भएका छन् । पक्राउ परेका १८ जनालाई जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्