एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी « Arthapath.com
१० भाद्र २०८०, आईतवार

एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी



काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलको प्रश्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएकि हुन् । उनको प्रश्तावकमा काँग्रेस सांसद शान्ति बिक हुन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका हुन्। संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।

समितिको नेतृत्वका लागि सोमवार निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्