सिटिजन लाइफले शुक्रबारदेखि प्रिमियममा आइपीओ बिक्रीमा ल्याउने, १० कित्ता भर्न कति चाहिन्छ पैसा ? « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

सिटिजन लाइफले शुक्रबारदेखि प्रिमियममा आइपीओ बिक्रीमा ल्याउने, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आउँदो शुक्रबार अर्थात भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ । र, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि तथा ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा भने भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो भनेको कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको सङ्केत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्