बमकाे नेतृत्वमा सुदूरपश्चिम पत्रकार समाज गठन

काठमाडौं । पत्रकार यम बमकाे अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएकाे छ । सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूकाे शनिबारकाे भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भुपेन्द्र शाह र काेषाध्यक्षमा सरिता थारू रहेका छन्।
समितिकाे सदस्यमा सन्ताेष राेकाया, प्रशान्त ओझा, लाेकेन्द्र भट्ट, कृष्णसिंह लाेथ्याल, कपिल भट्ट, रमेश टमट्टा र हरि भट्ट रहेका छन् ।