सिंहदरबारभित्र टिकटक बनाउन निषेध « Arthapath.com
२१ असार २०८२, शनिबार

सिंहदरबारभित्र टिकटक बनाउन निषेध



काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको हो ।

अनुमति लिएर मिडिया तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न फोटो, भिडियो खिच्न भने रोक लगाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्