जाजरकोटमा चिसोका कारण दुई जना भूकम्प प्रभावितहरुको मृत्यु

काठमाडौँ । भुकम्पबाट क्षतिग्रस्त जाजरकोटमा चिसोका कारण दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
त्रिपालमुनी बस्दै आएका उनीहरुको चिसोको कारण मृत्यु भएको स्थानिय जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । मृत्यु हुने दुवै दमका दीर्घरोगी भएको रहेका थिए । त्रिपाल मुनि बस्दा अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि मृत्यु हो ।
जाजरकोटमा भूकम्पपछि ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । बालबालिका, सुत्केरी, दीर्घरोगी र जेष्ठनागरिक चिसोले थप प्रभावित भएका छन् ।