विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै « Arthapath.com
३ मंसिर २०८०, आईतवार

विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै



काठमाडौँ । एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ ।

भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्व कप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।

विश्व कपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्