भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमको नमुना सेवा « Arthapath.com
३ मंसिर २०८०, आईतवार

भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमको नमुना सेवा



काठमाडौँ । भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिममा नेपाल टेलिकमले नमुना सेवा सुरु गरेको छ । १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व जाजरकोट पुगेको हो ।

टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको छोटो समयमै निर्देशक पहाडी जाजरकोट पुगेकी हुन । भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका छन् ।

त्याधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नमुना जिल्ला कायम गर्न थालिएको हो ।


प्रतिक्रिया दिनुहोस्