५ जिल्लाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा « Arthapath.com
४ मंसिर २०८०, सोमबार

५ जिल्लाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा



काठमाडौँ । सरकारले कात्तिक १७ गते गएको जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले ५ जिल्लामा पहिलो किस्ताको रुपमा एकमुष्ट १ अर्ब ४१ करोड रकम निकासा गरेको हो । जसमा जाजरकोट र रुकुम पश्चिमका लागि समान ५० ५० करोड, बझाङका लागि २५ करोड बाजुरालाई १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरेको हो ।

यसअघि सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई अस्थायी आवासका लागि तत्काल दुई किस्ता गरेर ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्