गलकोट पनि मनाइयो २०औं महिला सामूदायिक स्वास्थ्य स्वमसेविका दिवस, १२७ जना सम्मानित « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

गलकोट पनि मनाइयो २०औं महिला सामूदायिक स्वास्थ्य स्वमसेविका दिवस, १२७ जना सम्मानित



बागलुङ । बागलुङको गलकोाट नगरपालिकामा पनि २०औं महिला सामूदायिक स्वास्थ्य स्वमसेविक दिवस विभिन्न जनचेतना मूलक कार्यकमसहित मनाइएको छ ।

नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका लोकगीत प्रतियोगिता, स्वास्थ्यकर्मीहरुको संयुक्त तथा एकल नृत्य, स्वास्थ्य सम्वन्धि प्रश्नोत्तर कार्यक्रम पनि गरिएको थियो ।

लोकगीत प्रतियोगितामा नगरभित्रका ११ वटा समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा भने काँडेवास स्वास्थ्य चौर्की प्रथम, हटिया स्वास्थ्य चौकी द्धितिय, बौर आधारभुत स्वास्थ्य केन्द्र तृतीय भएका थिए ।

यस्तै, रिघा स्वास्थ्य चौकी र नरेठाँटी स्वास्थ्य चौकी सात्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सावत्वना हुनेलाई क्रमश: नगद ६ हजार, ४ हजार, ३ हजार र १/१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक गणेश बहादुर सुनारले बताए ।

बौर आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख समेत रहेका सुनारका अनुसार दिवसको अवसरमा गलकोट नगरभित्रका १२७ जना सामुदायिक महिला स्वास्थ्य स्वमसेवकलाई सम्मान गरिएको थियो ।

सुनारले भने, ‘नेपालमा बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रुपमा घटाउन महिला स्वमसेविकाहरुको उल्लेख्य योगदान छ । उहाँहरुको सेवाको कदर र मनोबल उच्च मनाउन गलकोट नगरले १२७ जनालाई सम्मान गरेको छ ।’

कार्यक्रमलाई नगर उपप्रमुख फमलाल निउरेले सम्वोधन गरेका थिए । उनले सामाजिक क्षेत्रमा स्वास्थ्य स्वमसेविकाहरुको भुमिका महत्वपूर्ण रहको बताए । स्वास्थ्य स्वमसेविकाहरुलाई समाजका अन्य परिवर्तनशील कार्यमा पनि आवद्ध हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सम्पूर्ण वार्डहरुको तर्फबाट गलकोट नगरपालिका–१ का अध्यक्ष लाल बहादुर राना,स्वास्थ्य कर्मीहरुको तर्फबाट बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश सुनार, महिला स्वयम सेवक खीमा भण्डारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम स्वास्थ शाखा प्रमुख सुशील पौडेलको अध्यक्षता महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी खड्काको स्वागत र जनस्वास्थ्य निरीक्षक अनिता कार्कीको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्