नेपाललाई पाँचौ झड्का, आशलाग्दा खेलाडी देव र गुलशन पनि आउट « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

नेपाललाई पाँचौ झड्का, आशलाग्दा खेलाडी देव र गुलशन पनि आउट



काठमाडौँ । आजबाट यूएईमा सुरु भएको एसीसी यू १९ एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले पाँचौविकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा गुलशन झालाई गुमाएको हो । उनी २१ रनमा आउट भएका छन् । ३५ बलमा ३ चौका हिर्काएका उनले २१ रन जोडेका थिए ।

यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको थियो । पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रुपमा शून्य रनमा गुमाएको थियो ।

ताजा अवस्थामा खेलको १८ ओभर चलिरहँदा ५ विकेट गुमाएर ४७ रन जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्