यू–१९ एसिया कपः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित « Arthapath.com
२२ मंसिर २०८०, शुक्रबार

यू–१९ एसिया कपः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित



काठमाडौँ । यूएईमा आजबाट सुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २७ ओभरमा केवल ३ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानका लागि साद वैजले ५० तथा अजान अविसले ५६ रनको अर्धशतकीय पारी खेलेका थिए र मह्मद जिसनले २० रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए ।

यसअघि यूएईस्थित ओभर क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको नेपालले उत्तम थापामगरको अर्धशतकमा ४८ ओभरमा अलआउट हुँदै १५२ रन जोडेको थियो । उत्तमले ६७ बलमा ५१ रन जोड्दा दीपेश कँडेलले ३१ रन बनाएर आउट भएका थिए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।


प्रतिक्रिया दिनुहोस्