समाजले झोले, भ्रष्ट र व्यक्तिगत स्वार्थमा लिप्तहरूलाई मन पराउँदो रहेछः नगर प्रमुख बलायर « Arthapath.com
२८ पुष २०८०, शनिबार

समाजले झोले, भ्रष्ट र व्यक्तिगत स्वार्थमा लिप्तहरूलाई मन पराउँदो रहेछः नगर प्रमुख बलायर



काठमाडौँ । शिखर नगरपालिका डोटीका नगर प्रमुख दीर्घ बलायरले समाजले झोले, भ्रष्ट, अन्धभक्त र व्यक्तिगत स्वार्थमा लिप्तहरूलाई मन पराउने बताएका छन् । बिहीबार अर्थात् पुस २६ गते साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । तर, उनको त्यो स्टाटस १२ घण्टा नपुग्दै हटाइएको छ ।

बलायरले सिद्धान्त र बिचारमा लड्नेहरूलाई समाजले साथ नदिएको बताए । उनले लेखेका थिए, ‘हामी जस्ता सिद्धान्त र बिचारमा लड्ने गलतलाई प्रतिकार गर्नेको क्षमता भन्दा झोले, भ्रष्ट, अन्धभक्त, व्यक्तिगत स्वार्थमा लिप्तहरूलाई समाजले मन पराउँदो रहेछ’

उनले समाजमा सत्य काम गर्ने भन्दा झुटो र मिठो बोल्नेको मात्र काम रहेको भन्दै समाज र राजनीति पुगेको बताएका छन् । बलायरले समय आएपछि टेबुल टकिङ्ग गर्ने तयार रहेको तर्क गरेका छन् ।

‘तितो सत्य हुन्छ होला त्यो समय आएपछि समीक्षा गरौला तर, डक्मकाएको छैन कमजोर मनस्थितिले लेखेको पनि होइन समय आएपछि टेबुल टकिङ्ग खुला बहस गर्न पनि तयार छु’ बलायरले भने । शिखर बासीको सपना पुरा गर्न बफादार रहने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्