व्यवसायी अरुण चौधरी सहित तीनै जना ‘हाजिर जमानी’मा छुटे, अस्पतालबाट सिधै घर जाने « Arthapath.com
२४ माघ २०८०, बुधबार

व्यवसायी अरुण चौधरी सहित तीनै जना ‘हाजिर जमानी’मा छुटे, अस्पतालबाट सिधै घर जाने



काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् । उनीहरुलाई बुधबार ‘हाजिर जमानी’मा प्रहरीले हिरासत मुक्त गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा चौधरी सहित तीन जनालाई प्रहरीले एक साताअघि गिरफ्तार गरेको थियो ।

सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनीहरु हिरासतमुक्त भएका हुन् ।

च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक चौधरीका साथै अर्का सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत बिहीबार पक्राउ गरेर अनुसन्धान थालेको थियो । एक सातापछि उनीहरुलाई आफन्तको जिम्मा लगाएर छाडिएको हो ।

यसअघि अदालतले उनीहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाड्न र बाँकी अनुसन्धानको कार्य पूरा गर्न आदेश दिएको थियो । उनीहरु गिरफ्तार भएपछि विरामी बनेर अस्पताल भर्ना भएका थिए । आजै अस्पतालबाट पनि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्