योजना आयोगमा चार सदस्य नियुक्त « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

योजना आयोगमा चार सदस्य नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा पदपूर्ति गर्ने निर्णय गरेको छ । नयाँ बजेट बनाउने प्रक्रिया सुरु भइसकेको बेलामा सरकारको गठबन्धन फेरिएपछि कांग्रेस निकट सदस्यहरुले राजिनामा दिएका थिए ।

बिहीबार बसेको मन्त्री परिषद बैठकले प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अर्निकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्