दोहोरो अंकले बढ्यो सेयर बजार, गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता « Arthapath.com
९ बैशाख २०८१, आईतवार

दोहोरो अंकले बढ्यो सेयर बजार, गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार बजार १२.२९ अंकले बढेको हो ।

बजार परिसूचक भने २ हजार बिन्दु तल ओर्लिएको छ । आज परिसूचक १ हजार ९८४ दशमलव ४३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ्ग समूह ३.५६ अंक र म्युचुअल फन्ड ०.०७ अंकले घटेको छ । तर, यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।उक्त दिन विकास बैंक समूह, ४१.६७ अंक, फाइनान्स ९.९९ अंक, होटल तथा पर्यटन १५.६२ अंक, जलविद्युत समूह २७.९१ अंक, जीवन बीमा समूह ४१.२१ , निर्जीवन बीमा समूह ९६.६३ अंक, उत्पादन तथा प्रशोधन समूह १२३.०४ अंकले बढेको छ ।


आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच भएको छ । आज पनि लगानीकर्ता गोर्खाज फाइनान्सको सेयरमा झुम्मिएका छन् । आज कम्पनीको १० करोड २१ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


यस्तै, आज सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख २९ हजार, पिपुल्स पावरको ७ करोड १९ लाख २३ हजार, रुरु जलविद्युतको ६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोछ ।


प्रतिक्रिया दिनुहोस्