अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
१० बैशाख २०८१, सोमबार

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा राखेको हो ।

उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि बैशाख २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्