पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छाप्दै राष्ट्र बैंक « Arthapath.com
१० बैशाख २०८१, सोमबार

पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छाप्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य सेक्युरिटि प्रिन्टरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो ।

बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ ।

राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्