बैंक तथा वित्तीय संस्थाले सकारेको धितो ३ वर्षभित्र बेच्नुपर्ने « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

बैंक तथा वित्तीय संस्थाले सकारेको धितो ३ वर्षभित्र बेच्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्था वा सहकारी संघसंस्थाले कर्जा सुरक्षणवापत धितो लिएको जग्गा कसैले लिलाम सकार नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै सकार गर्नुपर्ने भएको छ ।

यसरी बैंक तथा वित्तीय संस्थाले लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भूमिसम्बन्धी ऐन २०२१ मा संशोधन गर्दै दफा १२ (ङ) पछि (च) थप गर्दै यस्तो व्यवस्था गरिएको हो । सरकारले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले बिक्री नभएको धितो लिलाम हदबन्दीभन्दा बढी सकार गरेको भए ३ वर्षभित्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘बैंक वा वित्तीय संस्था तथा सहकारी संघ संस्थाले कर्जा सुरक्षण वापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी संघसंस्था आफैंले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरी सक्नु पर्नेछ,’ भूमिसम्बन्धी ऐनको संशोधनमा भनिएको छ । उक्त अवधिभित्र जग्गा बेचबिखन नगरेमा त्यस्तो जग्गा बेचबिखन गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने व्यवस्था ऐनमा भएको छ ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी विभिन्न ऐनका प्रावधानहरु अध्यादेशमार्फत संशोधन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्