डेभलपमेन्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

डेभलपमेन्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त



काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा व्यवस्थापकीय तहमा करिब १५ वर्ष काम गरेको अनुभव छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन लगायतका क्षेत्रमा डंगोलको विशेष दख्खल छ।


प्रतिक्रिया दिनुहोस्