सेयर बजारमा झिनो वृद्धि, फाइनान्समा झुम्मिए लगानीकर्ता « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

सेयर बजारमा झिनो वृद्धि, फाइनान्समा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो वृद्धि देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेको छ । योसँगै नेप्से परिसूचक १९८०.३४ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन ९९ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १२८ कम्पनीको सेयर मूल्य घट्दा १७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

९ उपसूचक राताम्य बन्दा चार सूचक भने हरियाली भएका छन् । यस दिन लगानीकर्ता फाइनान्स समूहमा झुम्मिएका छन् । फाइनान्स समूह ४.१७ प्रतिशत बढेको छ । विकास बैंक इन्डेक्स १.६६, म्युचुअल फण्ड ०.३८ र बैकिङ इन्डेक्स ०.२९ प्रतिशतले बढेको छ ।

यस दिन पोखरा फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुका साथै सर्वाधिक कारोबार समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस्