इलाम-२ मा मतान्तर बढाउँदै नेम्वाङ « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

इलाम-२ मा मतान्तर बढाउँदै नेम्वाङ



काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ । सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् ।

हालसम्म एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत पाएका छन् । उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङभन्दा धेरै पछि रहेका खड्काले १० हजार ५५७ मत ल्याएका छन् । दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ६४५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्