मितेरी डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा « Arthapath.com
१९ बैशाख २०८१, बुधबार

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौं आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्