रु रु जलविद्युत परियोजनाले बेच्यो साढे ११ करोडको बिजुली, कति कमायो नाफा ? « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

रु रु जलविद्युत परियोजनाले बेच्यो साढे ११ करोडको बिजुली, कति कमायो नाफा ?



काठमाडौं । रु रु जलविद्युत परियोजनाको नाफामा सामान्य बढोत्तरी देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद नाफा साढे २ प्रतिशत बढेको हो ।

कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको नाफा २.६६ प्रतिशत ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा पनि कम्पनीले ६ करोड ६८ लाख बढी नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीको यस्तो आम्दानी १.१५ प्रतिशत घटेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ। तर, गत आवको तेस्रो त्रैमासमा भने कम्पनीले ११ करोड ७२ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । यसरी विद्युत बिक्री आम्दानीमा आएको गिरावटले नै कम्पनीको खुद नाफा उल्लेख्य बढ्न नसकेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा भने १७ करोड ८० लाख ७६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्