सामान्य बढ्यो रुरु जलविद्युतको नाफा « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

सामान्य बढ्यो रुरु जलविद्युतको नाफा



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी १.१५ प्रतिशत घटेर ११ करोड ५९ लाख रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ६८.३२ प्रतिशत र वित्तीय खर्च २८२ प्रतिशत घटेको छ। वित्तीय खर्च घटेका कारण नाफामा सामान्य सुधार देखिएको हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा बढेर १८ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.५९ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्