सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

सामान्य अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसूचकमध्ये १० वटा सूचक बढेको छन् । बाँकी ३ उपसूचकमा रातो पोतिएको छ ।

आज लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ ।

कारोबार भएमध्ये ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


प्रतिक्रिया दिनुहोस्