काठमाडौंका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

काठमाडौंका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने



काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरुमा ४ दिन विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार भोलि अर्थात् जेठ ३ गते नयाँ बजार फिर अन्तर्गतका खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, जेठ ५ गते पनि नयाँ बजार अन्तर्गत खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, क्षेत्रपाटी अन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

जेठ ६ गते आइतबार भिमसेनस्थान फिडर र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर अन्तर्गत स्थानहरुमा विद्युत लाइन अवरुद्ध हुने भएको हो । यद्यपि, मौसम प्रतिकुल भएमा विद्युत आपूर्ति बन्द नगरिने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्