स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।