सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज « Arthapath.com
२४ जेष्ठ २०८१, बिहीबार

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज



काठमाडौं । चौधरी ग्रुप (सीजी)को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको हो ।

सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो ।

तर, तोकिएको अवधिमा निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वत: खारेज भएको हो ।

तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । तर, पूर्वाधार नै निर्माण गरेन । र, नवीकरणको निवेदन नै नदिंदा २० वर्षपछि स्वत: लाइसेन्स खारेज भयो ।

लामो समयदेखि मोबाइल सेवाको अनुमतिपत्र हात पार्न अनेक प्रयास अन्ततः असफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्