ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो थप १६ उपशाखा तथा एक्सटेन्सन काउन्टर खोल्ने अनुमति « Arthapath.com
१६ असार २०८३, मंगलबार

ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो थप १६ उपशाखा तथा एक्सटेन्सन काउन्टर खोल्ने अनुमति



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले थप उपशाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर सञ्चालन स्वीकृति पाएको छ । कम्पनीलाई नेपाल बीमा प्राधिकरणले थप १६ शाखा विस्तारका लागि स्वीकृति प्रदान गरेको हो ।

प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ को दफा ६ (५) र दफा १० बमोजिम विभिन्न १६ स्थानमा शाखा सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको हो ।

कम्पनी लिमिटेडले गत चैत ९ गतेबाट रुपन्देहीको तिलोतमा २ जानकीनगरबाट लघु निर्जीवन बीमा व्यवसाय सुरू गरेको हो ।

झापाको विर्तामोड, मोरङको विराटनगर, उदयपुरको गाईघाट, महोत्तरीको बर्दिबास, सर्लाहीको लालबन्दी, सिराहाको मिर्चैया, रामेछापको मन्थली, काभ्रेपलाञ्चोकको बनेपा, दोलखाको जिरी, भक्तपुरको सुर्यविनायक, रोल्पा, प्यूठान, दाङको घोराही र राप्ति, सुर्खेतको वीरेन्द्रनगर र कञ्चनपुरको भीमदत्तमा शाखा तथा एक्सटेन्सन काउन्टर खोल्ने अनुमति पाएको हो । कम्पनीले हाल २२ वटा शाखामार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

निर्देशिकाले तोकेको न्यूनतम भौतिक पूर्वाधार, मानवस्रोत, लगायत आन्तरिक नियमनको व्यवस्था गरी कार्यविधिगत अधिकार प्रत्यायोजनसहित तोकिएको अवधिभित्र कार्यालय सञ्चालन प्रारम्भ गरी सोको विवरण आईआरएमआईएस पोर्टलमा अद्यावधिक प्राधिकरणले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्