तेस्रो त्रैमासमा खुम्चियो आर्थिक वृद्धिदर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा खुम्चिएको छ । आव २०८०/८१ को दोस्रो त्रैमासको तुलनामा समेत तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार दोस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार ३.८ प्रतिशतले थियो ।
थोक तथा खुद्रा व्यापार, निर्माण, कृषि, खानी तथा उत्खनन्, यातायात तथा भण्डारणसहितका क्षेत्रमा संकुचन आएको तथ्यांकमा देखिएको छ ।