कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने « Arthapath.com
७ श्रावण २०८१, सोमबार

कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने



काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन् ।

इपिएस कोरिया शाखाका अनुसार ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् ।

उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ । निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्