बाढीले इर्खुवा हाइड्रोपावरमा पूर्ण क्षति, २ जना मजदुर बेपत्ता

काठमाडौं । भोजपुरको इर्खुवा खोला बाढीले निर्माणाधीन इर्खुवा खोला जलविद्युत आयोजनामा पूर्ण रुपमा क्षति पुर्याएको छ । मध्यराति आएको बाढीले आयोजनामा पूर्ण क्षति पुर्याउनुका साथै आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।
बाढीले ८ वटा पुलमा समेत क्षति पुर्याएको स्थानीयले जनाएका छन् । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको जनाइएको छ ।