कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान नतिजा प्रकाशन गरेको हो । परीक्षामा २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागिको ५२ प्रतिशत हुन आउँछ ।
बोर्डले गत वैशाखमा कक्षा १२ को परीक्षा लिएको थियो । ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।