सेयर बजारमा उच्च अंकको गिरावट « Arthapath.com
२२ श्रावण २०८१, मंगलवार

सेयर बजारमा उच्च अंकको गिरावट



काठमाडौं । मंगलबार सेयर बजारमा व्यापक उतारचढाव देखिएको छ । कारोबार सुरू भएदेखि नै घटेको बजारमा उच्च गिरावट देखिएको छ । १ बजार ४३ मिनेटमा नेप्से परिसूचक १११ अंकले घट्यो । त्यसको ७ मिनेटमा फेरि बजार ५४ अंकको बिन्दुमा आइपुग्यो ।

त्यसको केही समयपछि पुन ९१ अंकले घटेर २७०५ अंकमा झर्यो । यो समाचार तयार पार्दासम्म नेप्से १०३.५० अंकले घटेर २६९२ बिन्दुमा झरेको छ । २८०२ बिन्दुमा खुलेको बजार उच्च अंकले ओरालो लागेको हो ।

यो अवधिमा ३१८ कम्पनीको ३ करोड ७४ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ६६ करोड ७६ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

केही समययता लगातार बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्