यसकारण घट्यो मोलुङ्ग हाइड्रोपावरको नोक्सानी « Arthapath.com
२५ श्रावण २०८१, शुक्रबार

यसकारण घट्यो मोलुङ्ग हाइड्रोपावरको नोक्सानी



काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनीको नोक्सानी घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।

विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपनि प्रशासनिक र वित्तीय खर्च घट्दा यसको नोक्सानी घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ९.६१ प्रतिशतले घटेर २ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड १४ लाख रुपैयाँ थियो।

८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १४ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ५ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्