नेरूडे मिर्मिरे लघुवित्तले दियो ढुंगेलको परिवारलाई ८ लाख बीमा दावी रकम
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक परिवारलाई ८ लाख रुपैयाँ बीमा दावी रकम हस्तान्तरण गरेको छ ।
जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात उनकी श्रीमती मनिषा ढुंगेललाई कम्पनीले बीमा दावी तथा क्रिया खर्च वापत ८ लाख ३९ हजार ४ सय ५६ रकम भुक्तानी गरेको हो।
एक विशेष कार्यक्रमका बीच, बुद्धशान्ती गाउँपालिका वडा नं ५ का वडा सदस्य नरबहादुर कुमालले उक्त बीमा दावी रकम स्थानीय भद्रभलादमी तथा केन्द्रका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वडासदस्य कुमालले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सदस्यहरूसंग लिने मात्र नभइ विभिन्न सेवा प्रदान गर्ने र उनीहरूको आर्थिक सुरक्षा तथा विपत्तिको समयमा सहयोग पुर्याउँदै आएको भन्दै संस्थाको कार्यको प्रशंसा गरे । उनले यसले कमजोर आर्थिक अवस्थामा रहेका सदस्यहरूको सम्पत्ति सुरक्षित राख्न मद्दत पुगेको बताए ।
लिलाप्रसाद ढुंगेलको निधनपछि गर्भवती अवस्थामा रहेका उनकी श्रीमती मनिषा ढुंगेलले यो बीमा रकमले आफू र आफ्नो सन्तानको जीवनयापनमा ठूलो सहयोग पुगेको भन्दै संस्थाप्रति आभार प्रकट गरिन् । कार्यक्रममा बुधबारे शाखाका शाखा प्रमुख इन्द्रजित चौधरी र अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
नेरूडे मिर्मिरे लघुवित्तले आफ्ना सदस्यहरूको सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीसँग म्यादी जीवन बीमा गरिरहेको छ, जसअन्तर्गत यस्तो सहयोग उपलब्ध गराइएको हो ।