विपदबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस « Arthapath.com
१८ आश्विन २०८१, शुक्रबार

विपदबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस



काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको आज सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुवानबाट बढी प्रभावित १४ जिल्लाका विभिन्न पालिकालाई विपद संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला बाढी, पहिरो र डुबानबाट बढी छन् । बैठकमा विपदपछिको उद्धार, राहत र पुन: निर्माणको बारेमा छलफल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्