युके बसाई ३० वर्षे भएपनि ‘घोपा क्याम्प’ धरानको धेरै सम्झना आउँछ : प्रतिमा दुदराज « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

युके बसाई ३० वर्षे भएपनि ‘घोपा क्याम्प’ धरानको धेरै सम्झना आउँछ : प्रतिमा दुदराज



काठमाडौं । नेपालीहरु युके जाने परम्परा पुरानै हो । नेपालले युकेसंग नै पहिले अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको थियो । युकेमा हाल दोश्रो पुस्ताको नेपाली पनि हुर्किसकेको छ । नेपालबाट गएर विभिन्न पेशा व्यवसायमा स्थापित छन् । अन्य क्षेत्रमा पनि सम्मानित दर्जा नेपालीहरुले पाउन सकेको देखिन्छ । धरानमा जन्मेर हुर्केर काठमाडौँबाट ३० वर्षअघि युके पुगेकि प्रतिमा दुधराज त्यहाँको समुदायमा स्थापित नाम हो । आज हामीले उनै दुदराजसंग युके बसाई, त्यहाँ जम्न वा स्थापित हुन गरेको संघर्ष, नेपाली समुदाय, स्थानीयसँगको परिवारको सम्बन्ध र नेपालको समझना बारेमा कुराकानी गरेका छौं ।

तपाई कहिले र कोको युके जानु भयो ? त्यसबेला नेपालको समय कस्तो थियो र युकेमा पनि कस्तो थियो । खास केके घटनाक्रम नेपालको र युकेको सम्झनु हुन्छ ?

म तीस वर्षअघि युके आएको हो । त्यो बेलामा राजसंस्थाको टाइम थियो । अब त्यो बेलामा हामीलाई त्यति गाह्रो त थिएन । उसो त हामी काठमाडौं भन्दा बाहिरबाट आएकोले काठमाडौँमा स्थापित हुन अलि असहज त थियो नै । जागिर पाउन पनि उत्तिकै गाह्रो थियो । त्यही कारण हामी बच्चालाई एजुकेसन दिन पनि हामी ब्रिटेन आयौँ ।

विदेशमा पनि संघर्ष गर्नैपर्यो, आफ्नो भविष्यको लागि पनि युके गएको हो । ३० वर्षअघिको युके एकदमै राम्रो थियो । त्यो समय युकेमा नेपालीहरु एकदमै कम थिए । बजार निस्कँदा कतै नेपाली देख्न पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो । दशैं तिहार लगायतका चाडपर्वहरु पनि केही नेपालीहरु मिलेरसँगै मनाउथ्यौं । अहिलेको परिस्थति त्यो छैन एकदम फरक छ । अहिले विभाजन भइएको छ । प्रदेशदेखि लिएर जात धर्म अनुसार संस्कृति अलग–अलग भनेर मनाइन्छ । म बसेको ठाउँमा रेडिंग बक्सायरमा नेपाली समुदाय छ । म टायल हर्स ठाउँ रेडिंगकै छेउछाउमा बस्छु । त्यसमा सबै जना आउँछन् । सबै जात जातिको मिश्रित बसाई छ, सबैले मनाउछौं । त्यो बेलामा नेपालमा गिरिजा कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, यता युकेमा चाहि जोन मेजर ।

मैले सुनेको अहिले भन्दा पहिले पहिले युके जान अलि सजिलो थियो । अहिले जस्तो कडाइ थिएन रे ? नेपालीहरुलाई अलि सजिलै भिसा दिन्थ्यो रे, यो सत्य हो ?

हजुर । पहिले पहिले कस्तो थियो भने एजुकेसनकै लागि आउने प्रचलन थियो । एजुकेसन कै लागि सजिलै भिसा पाउन सकिन्थ्यो । तर, अहिले त्यो छैन किनकि २००९ अन्तिमदेखि होला सायद हैन त्यो बोगस कलेजहरु (भिषाका लागि मात्र खोलिएको फेक कलेजहरु) थुप्रै खोलेको । अनि नेपालबाट मात्र हैन अरु देशबाट पनि धेरै आएका थिए ।

नेपालबाट पनि राम्रो खर्च गरेर आए, कलेजले नै त्यस्तो स्थितिमा पुरायो । धेरैको त बिजोग । पहिले काम गर्न पनि धेरै अवसर दिन्थ्यो । अहिले चाहि एजुकेसनकै लागि मात्र भिसा दिन पनि गाह्रै छ, एकदमै मुस्किल नै छ ।पहिले पनि महँगी नै थियो । युनिभर्सिटी, कलेज फीहरु तिर्न पनि बेला जतिसुकै हायर स्टडीका लागि आए पनि रेस्टुरेन्टमा काम पाइन्थ्यो । रेस्टुरेन्टमा बस्दा फुड एण्ड लज फ्री हुन्थ्यो, त्यसले विद्यार्थीलाई धेरै सहज हुन्थ्यो ।

अहिले एकदमै दुख छ । अहिले आउँदा एकदमै सोच विचार गरेर मात्रै आउन अनुरोध गर्छु म त । मेरो चाहि श्रीमान् पहिले नै एजुकेसनको लागि युकेमा आएनु भएको थियो । फेरी नेपाल फर्केर पुनः नै युके आएकोले हामी ५ वर्षमै स्थायी भयौं । मेरो बाबा आर्मी हुनुहुन्थ्यो मैले अलि सानैमा ब्रिटिशहरुको संगत गर्ने, बोल्ने गरेकोले युकेमा आउँदा सजिलो भयो । त्यति गाह्रो भएन । अहिले काम पाउन धेरै मुस्किल छ ।

तपाइको परिवारलाई त्यहाँ सामाजिक रुपमा स्थापित हुन कति समय लाग्यो ?

मन त सँधै आफ्नै माृतभूमिमै छ । तर, बच्चाहरुको लागि मात्रै हो । उनीहरुको स्कुलिंग, मिटिंगहरुमा जाँदा पनि , यहाँको प्यारेन्ट्ससंग भेट्दा पनि यहाँको साचोंमा ढाल्नै पर्यो । मन त सधै नेपाली नै हो । घरमा पुरै नेपाली बोल्छौँ । मेरो बच्चाहरु राम्रो नेपाली बोल्छन्, त्यसमा मलाई गर्व लाग्छ । जबकी मेरो सानो छोरा टेन इयर्स बोर्डिंगमा रहेर पनि नेपाली एकदम राम्रो बोल्छ, मेरो छोराहरु फोनमा बोल्दा पनि नेपालीमा कुरा गर, म संग इंगलिस चल्दैन भन्थे, किनकि भोलि पर्सि तिमिहरुलाई नेपाल जाँदा गाह्रो हुन्छ, यसरी नै दुवै छोराहरुलाई नेपाले बोल्न सिकाए ।

त्यहाँको सोसाइटी (समुदायमा) घुलमिल हुन कति सजिलो अप्ठ्यारो के भयो ?

सुरुवातमा गाह्रो नै हुन्छ । हाम्रो पालामा त नेपालीहरु पनि हुन्थेनन । भारतीयहरु हुन्थे, अलिकति एक्लोपन हुन्थ्यो । तर, आफ्नो एजुकेसन तर्फ नै फोसक भए । अलिपछि म रेलवेमा काम गरे । मेरो स्वाभाव सबैसँग मिल्ने नै थियो, त्यसले मलाई घुलमिल हुनलाई निकै नै सहज बनायो ।

त्यो बेला फेरी नेपालीहरुको रेपुटेसन (प्रतिष्ठा) एकदम राम्रो थियो । नेपालीहरु भनेपछि एकदम आधार सम्मान दिने खालको थियो । आजकल पहिलेको भन्दा अलिकति डाउन भाछ पहिलेको गोर्खाजहरुले कति योगदान दिएका छन् भन्ने ब्रिटिसलाई थाहा थियो नि त । ब्रिटिश स्कुलहरुमा गोर्खा र नेपालको बारेमा राखेको छ अहिले बुझ्न सकेका छन् । समग्रमा मलाई आफ्नै स्वाभावले गर्दा त्यसो असहज भएन ।

नेपाल आउने जाने कत्तिको गर्नुहुन्छ ? नेपालको केके सम्झना छ तपाईलाई ?

आफ्नो मातृभूमि, मातापिता, भाई बैनीहरुको सम्झना नभएको कुनै क्षण थिएन । कहिलेकाँही बाध्यतामा बाँधिए जस्तो लाग्थ्या, त्यो पनि सुरु सुरुमा आउँदा । फेरि बच्चाबच्चीको भविष्य हेर्दा आफु र आफ्नो जीवनलाई सहजै राख्नुपर्यो । पहिले त हाम्रो नेपाल कहिले यस्तो हुने होला जस्तो लाग्यो । युके यस्तो पनि देश छ जस्तो लाग्यो । यहाँको आफ्नो जनतालाई हेर्ने दृष्टिकोण, समान व्यवहार धेरै राम्रो । बच्चाहरुको पठनपाठन पनि उस्तै राम्रो । आमाबाबा बितेपछि अलि कम नेपाल गएको छु । नेपालमा म घोपा क्याम्पमा हुर्केको हो । क्याम्पमै ८ कक्षासम्म रहे । त्यसपछि बाहिर आएर बसे । एसएलसीपछी म काठमाडौँ आएर २–४ वर्ष मात्रै बसे । मेरो सानै उमेरमा बिहवाह भएको हो ।

अहिले नेपालबाट युके आउन चाहनेहरुलाई तपाइको सुझाव के–के छन् ?

युके आउँदा धेरै कुरा सोच विचार गरेर मात्रै आउन अनुरोध छ । किनभने यहाँ पहिले पलिहेको जस्तो स्थिति नै छैन् । धेरै जनाभाइ बहिनिले दुख पाइसक्नु भएको छ । जहाँसम्म आफ्नो परिवारको कोहि सदस्यहरु हुनुहुन्छ भने उहाँहरुसंग सर सल्लाह गरेर, कुन कलेज आउँन लागेको हो, त्यसको बारेमा बुझ्ना आवश्यक छ । अहिले पनि धेरै जना ठुलो पैसा खर्च गरेर आएका हुन्छन् । तर, राम्रो पाइएन भनेको भनेर दुखहरु सुन्नमा आउँछ । सबै कुरा राम्रोसँग बुझेर मात्रै आउन सुझाव छ, ताकि भविष्यमा कुनै कुल दुख असहजता नहोस् ।

३० वर्ष युके बस्नु भयो । त्यहाँ धेरै चिज देख्नु पनि भयो । संसारकै उत्कृष्ट सहर, उत्कृष्ट जीवनशैलीको बीचमा पनि हुनुहुन्छ । नेपाललाई कसरी यस्तो बनाउन सकिन्छ, केही सुझाव ?

अहिले नेपालसंग धेरै नै अन्तर छ । सुझाव भन्दा पनि नेपालले यहाँको व्यवस्थापन मात्र सिक्दा पनि हुन्छ । मुख्य कुरा त शिक्षा नै हो । शिक्षाको साथसाथै स्वास्थयमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । नेपाल सरकारले गरिबहरुलाई सहुलियत प्रदान गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्