१४ दिनपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा « Arthapath.com
१० असार २०८२, मंगलबार

१४ दिनपछि बीपी राजमार्ग एकतर्फी सञ्चालनमा



काठमाडौं । वर्षाका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको थियो ।

नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले टोलीले मर्मतसम्भार गरेपछि राजमार्ज आजबाट एकतर्फी खुला भएको हो ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्