मौद्रिक नीतिको समीक्षा : नीतिगत व्यवस्थामा भएन हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिको समीक्षामा नीतिगत व्यवस्थाहरु यथावत् राखिएको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको
माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।