अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, दाँत उपचारमा ३० प्रतिशत छुट पाइने
![](https://www.arthapath.com/wp-content/uploads/2024/12/ceeeca37-7c81-4dca-a102-45892418e3a7.jpg)
काठमाडौं । काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ ।
सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो ।
अर्थाे डेन्टीस डा.सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पुर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रुपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् ।
दाँत सम्बन्धी समस्याको भरपर्दाे विशेषज्ञबाट उपचार हुनेछ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासंगै उद्घाटनको अवसरसंगै आउदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ ।
![](https://www.arthapath.com/wp-content/uploads/2024/12/6cf7f8bb-d289-4013-8d1e-33d2357e09e3-576x768.jpg)
दाँत उपचार हेर्दा सामान्य लागेपछि राम्रो स्थानमा उपाचार नगर्दा समस्या आउने समस्या बढ्दै गएको अवस्थामा एमडिएस अध्ययन गरेकी डा. सापकोटाले आफै डेण्टल सञ्चालन गरेकी हुन् ।
डेन्टलमा अहिले २५ लाख भन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौका अन्य स्थानमा समेत शाखा खेल्ने डा. सापकोटाको योजना छ । बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयरमा उपचार हुनेछ ।
यस्तै दैनिक रुपमा दन्त रोग बिशेषज्ञ (बिडिएस, एमडिएस) बाट दन्त परिक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने, तथा दन्त हर्षको समेत उपचार हुनेछ ।
डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा.सापकोटाले बताइन् । डा.सापकोटा ब्रेसेस उपचारका लागि स्पेसलिस्ट समेत हुन्