विमान दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु
काठमाडौं । दक्षिणी ब्राजिलको ग्रामाडो सहरमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । विमानको पाइलटिङ गरिरहेका ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी आफ्नी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहितको दुर्घटनामा मृत्यु भएको कम्पनीले जनाएको छ ।
दुर्घटना हुँदा विमान घरको चिम्नी, एउटा घर र पसलमा समेत क्षति पुगेको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय ग्यालेज्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए। उनले प्रतिकूल मौसममा विमान उडेको थियो ।
आइतबार बिहान विमान मात्र ३ किलोमिटर उडेपछि मानिसहरू बसोबास भएको क्षेत्रमा खसेको थियो । गालेज्जी कर्पोरेट रिस्ट्रक्चरिङ र क्राइसिस म्यानेजमेन्ट कम्पनी गालेज्जी एन्ड एसासिएडोसका सीईओ थिए । एजेन्सी