स्वर्णिम होटलले आईपीओ निष्काशन गर्ने
काठमाडौं । स्वर्णिम होटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा आगामी पुस २८ गतेकम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।













